दफा ११
प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार
प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) विश्वविद्यालय अन्तर्गत अध्ययन, अनुसन्धान र प्रशिक्षण हुने विषयहरूको पाठ्यक्रम निर्धारण गर्ने तथा सबै तहका शैक्षिक, प्राज्ञिक तथा अनुसन्धान कार्यहरूको समीक्षा गर्ने,
(ख) परीक्षाको किसिम तोक्ने,
(ग) विद्यार्थी भर्ना सम्बन्धी योग्यता र संख्या निर्धारण गर्ने,
(घ) अनुसन्धान सम्बन्धी नीति तर्जुमा गर्ने र अनुसन्धान कार्यक्रमलाई स्वीकृत प्रदान गर्ने,
(ङ) शैक्षिक कार्यक्रमको मूल्याङ्कन गर्ने,
(च) शिक्षण र अनुसन्धानको स्तर निर्धारण गर्ने,
(छ) प्राज्ञिक विषयमा कार्यकारी परिषद्लाई राय सल्लाह दिने,
(ज) तोकिएबमोजिमका अन्य कार्यहरू गर्ने ।